पूर्व अयोग्य लडाकुलाई पैसा बाड्ने सरकारको निर्णय अपारदर्शी छः प्रदीप पौडेल


काठमाण्डु – नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पूर्व अयोग्य लडाकुहरूलाई पैसा बाड्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत सांसद पौडेलले अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णय संसद्लाई समेत जानकारी नगराई भित्रभित्रै आर्थिक सहायता दिने कार्यविधि अपारदर्शी भएको बताउँदै आपत्ति जनाएका हुन्।

उनले लेखेका छन्- ‘गत चैत ८ गते प्रधानमन्त्री स्वयंले अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णय नभएको विषय सार्वजनिक भएको थियो । तर,संसद्लाई समेत जानकारी नगराई भित्रभित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको सुन्न आएको छ । यसले सरकारको काम कारवाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक संकटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रष्ट देखाउँछ ।’

केही सूचकाङ्कमा मौसमी सहजता देखिए पनि आर्थिक संकट सुधार आइनसकेको विज्ञहरूले बताइरहेका बेला प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सो विषयमा ध्यान दिन नसकेको उनको भनाइ छ।

उनले सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको र साधारण खर्च पनि धान्न नसकेर पेन्सन समेत दिन नसकेको उनको आरोप छ । उनले भने,’एकातिर, केही सूचकाङ्कमा मौसमी सहजता देखिए पनि आर्थिक संकट सुधार आइनसकेको विज्ञहरूले बताइरहेका छन् । अर्कोतिर, सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सन समेत दिन नसकेको विषय सार्वजनिक भइरहेका छन् ।

यस्तो विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने,जनताका आवश्यकता छुट्याउन नसक्ने,र आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका संकेत देखाउन थालिसकेको छ । ‘ आम जनतामा बढेको निराशा र आक्रोशलाई संवेदनशील भएर गम्भीरताका साथ सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement