बानेश्वरमा युवकबाट कुटिइन् महिला प्रहरी

बानेश्वरमा युवकबाट कुटिइन् महिला प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–काठमाण्डुको नयाँबानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि एक पुरुषले हातपात गरेका छन् ।

ट्राफिक व्यवस्थापनमा खटिएकी महिला प्रहरी जवानमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।

परिसर प्रवक्ता एसपी दानबहादुर थापाले आकाशे पुल प्रयोग गरेर बाटो काट्न आग्रह गर्दा महिला प्रहरीमाथि कुटपिट भएको बताए ।

उनका अनुसार कुटपिटमा संलग्न २७ वर्षीय राज कठायतलाई पक्राउ गरिएको छ ।

कठायत तातोपानी गाउँपालिका–२ जुम्लाका स्थायी बासिन्दा भएको खुलेको छ ।