जलवायु परिवर्तनको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

जलवायु परिवर्तनको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने बताएका छन् ।

मंगलबार ग्रामीण पुनर्निर्माण नेपाल राष्ट्रिय परामर्शको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको लागि वित्तपोषण कार्यक्रममा बोल्दै उनले पुनर्निर्माणका विषयमा एक्लै बोलेर नहुने भन्दै जलवायु परिवर्तनका विषयमा कुरा राख्नुपर्ने बताए ।

‘ग्रामीण पुनर्निर्माणमा अमेरिकाले अनुदान घटाइरहेको छ । पुनर्निर्माणका विषयमा हामी एक्लैले कुरा उठाएर केही हुँदैन । यसमा हाम्रा आवश्यकता मात्र हैन, विकसित देशहरूको जिम्मेवारी पनि हो,’ उनले थपे, ‘खासगरी जलवायु परिवर्तनमा ठूला विकसित मुलुकको योगदान छ, हाम्रो खासै छैन । हामीले असरहरू भोगिरहेका छौं, यसमा विश्वले सहयोग गर्नुपर्छ भन्ने कुरा राख्नुपर्छ ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराम अधिकारीले विकासका मोडलहरूमा नै परिवर्तन ल्याउनुपर्ने बताए । ‘हामीले विकासका काम जसरी गरेका छौं, त्यसलाई सुधार गर्नैपर्छ । यसलाई बहसमा ल्याउनुपर्छ,’ उनले भने ।

चालू खर्चमा खर्च गर्ने सोच राम्रो नभएको भन्दै अहिलेले योजना आयोगको व्यवस्था परिवर्तन भएको उनले जानकारी दिए । ‘चालू खर्चमा खर्च गर्ने यस्तो सोचाइले हुन्छ ? हाम्रो पूर्वमन्त्रीहरूको जवाफ मलाई चित्त बुझेन, उहाँहरूको सोचाइ माथि गएकै छैन । चालू खर्च ३ करोडभन्दा तल गर्न नमिल्ने बनाएका छौं,’ उनले भने ।