सरकारले ल्याएको नीति तथा कार्यक्रम झारा टार्ने कामः डा. लोहनी


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्दै लोहनीले सरकारले ल्याएको आगामी वर्षको नीति तथा कार्यक्रम झारा टार्ने काम भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा एक ट्वीट गर्दै डा. लोहनीले सरकारले भ्रस्ट«ाचार रोक्ने कुरा गरेर हाँसो लाग्दो बनाएको बताएका हुन् ।

‘यसमा नीति थोरै र कार्यक्रम हर धेरै छ। विभिन्न मन्त्रालय हरु ले जे लेखेर पठाए त्यसलाई जोडेर र कुनै सम्पादन नगरेर राखिदिएको छ झारो टार्ने कम भएको छ । भ्रस्ट«ाचार रोक्ने कुरो हाँसो लाग्दो छ । बिरामीको लागि औषधि किन्दा समेत बेइमानी गर्नेहरुले भ्रस्ट«ाचार रोक्छु भन्नु जनता ठग्नु हो ’, उनले भनेका छन् ।

त्यस्तै डा. लोहनीले कारोनाबाट थलिएको अर्थतन्त्रबारे चिन्तन र यसको नेपाली जनताको जनजीवनमा परेको प्रभाव र समाधानबारे गम्भीर नभएकोमा आपत्ति जनाएका छन् । ‘सायद त्यसैले होला हजारौं सिमानामा रोकिएका नेपालीबारे कुनै चिन्ता छैन’, उनले भनेका छन्, ‘बिगत दुर्इ बर्षको सरकारी काम हेर्दा यो आउने बर्ष सुधार होला भनेर आशा गर्ने ठाउँ छैन् । लुट र भ्रस्ट«ाचार रोकिने छैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement