नेपालका प्रकाश जैगडीले गराए अल इन्डिया तेक्वान्दो प्रतियोगिता


काठमाडौं – डिसेम्बर ३१ मा सम्पन्न ३४औं अल इन्डिया तेक्वान्दो राष्ट्रिय प्रतियोगिता कैलालीका प्रकाश जैगडिले गराएका छन् । डिसेम्बर २५ बाट भारतको गोवामा सुरु भएको उक्त प्रतियोगितामा नेपाल, कोरिया, जापान, चाइना, श्रीलंका, बंगलादेशबाट थुप्रै खेलाडीहरू सहभागी भएका थिए ।

आफ्ना बुवा आमासँगै भारतमा बस्दै आइरहेका जैगडी अल इन्डिया तेक्वान्दो एसुसेसन भारतका हेड कोच हुन् ।  विगत २३ वर्ष देखि तेक्वान्दो खेलमा सकृय रुपमा काम गरिरहेका उनले तेक्वान्दो खेलमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा मेडल गोल्ड मेडल प्राप्त गरिसकेका छन् ।

उनले थुप्रै बलिवुड सुपरस्टार र हलिवुड सुपरस्टार हरुलाइ एक्सन फिल्ममा समेत ट्रेडिङ गराइसकेका छन् ।  उनले आफु नेपाली भएकोमा गर्व लाग्ने गरेको बताए । आफुले भारतमा थुप्रै नेपाली दाजुभाइहरुलाई तेक्वान्दो कल्लास दिरहेको बताए । नेपालीहरुले भारतको विकासका लागि दिएको महत्वपूर्ण योगदानको दिएको भएपनि भारत सरकारले नेपालीलाई हेर्ने दृष्टिकोण अलि फरक रहेको उनले बताए ।

 

उनले भने, ‘आफू भारतीय गोर्खा आर्मीको छोरा हो तर पनि हामीलाई हेर्ने दृष्टिकोण र भारतिय नागरिकलाई हेर्ने दृष्टिकोणमा धेरै परक हुन्छ, किनभने आफू नेपाली भएको कारणले होला ।’

प्रतिक्रिया दिनुहोस
Advertisement