नेपाली युवाहरू विश्व मञ्चको नेतृत्वदायी तहमा पुगेको देख्न चाहन्छु : मन्त्री सिंह

नेपाली युवाहरू विश्व मञ्चको नेतृत्वदायी तहमा पुगेको देख्न चाहन्छु : मन्त्री सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरू प्राविधिक, आर्थिक, राजनीतिक, पर्यावरणिय तथा सांस्कृतिक क्षेत्रमा नेतृत्वदाही तहमा पुगेको देख्न चाहेको बताएका छन् ।

बुधबार काठमाण्डुमा आयोजित नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रममा बोल्दै उनले युवा सहभागितालाई विश्वले निकै महत्व दिएको भन्दै नेपाली युवाहरू पनि विश्व मञ्चको नेतृत्वदाही तहमा पुगेको देख्न चाहेको बताए ।

उनले भने, ‘यो युवाहरुको देश हो । युवाले नै बनाउनुपर्छ, त्यसैले युवासँग सिर्जनाको मुहान छ । सहनशीलता पनि युवा नै हुन्छन्, त्यसैले युवा सहभागितालाई विश्वले निकै महत्व दिएको पाइन्छ । हामी हाम्रा युवाहरू विश्व मञ्चमा प्राविधिक, आर्थिक, राजनीतिक, पर्यावरणिय तथा सांस्कृतिक क्षेत्रमा नेतृत्वदाही तहमा पुगेको देख्न चाहान्छौं । यसको लागि युवाहरूको विकासको लागि अनुकुल वातावरण निर्माण गरि नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराउने उद्देश्यले राष्ट्रिय युवा परिषद् स्थापना भएको छ र युवा केन्दिीत कार्यक्रमहरु पनि सञ्चालन हुँदै आएको छ ।’

उनले हातहतियारको प्रयोग लगायतका सवालहरुमा युवा वर्गलाई सचेत गराउनुको साथै समस्या समाधानको लागि युवाबीच छलफल अन्तरक्रिया गर्न यो कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास लिएको बताए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऊर्जाशील युवा समूहलाई सकारात्मक भावनाका साथ राष्ट्र निर्माणमा लाग्नको लागि प्रेरणा र प्रोत्साहन गर्ने दायित्व सबैको भएको बताए ।

उनले भने, ‘मुलुकको विकासमा युवा बलको भूमिका सधैँ महत्वपूर्ण र निर्णायक रही आएको छ । अहिले नेपालको कूल जनसंख्यामा १६ देखि ४० वर्ष उमेर समुहका युवाहरूको अनुपातमा ४२ प्रतिशतभन्दा बढि रहेको छ । यो ऊर्जाशील समूहलाई सकारात्मक भावनाका साथ राष्ट्र निर्माणमा लाग्नको लागि प्रेरणा र प्रोत्साहन गर्ने दायित्व हामी सबैको हो । युवा वर्गको आकांक्षा पूरा गर्न खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को स्थापना भएको हो ।’