उपप्रधानमन्त्री सिंहले गरे मतदान

उपप्रधानमन्त्री सिंहले गरे मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् ।

उनले वडा नम्बर १६ स्थित युवा माध्यमिक विद्यालय पाकनाजोलस्थित केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

वडा नम्बर १६ मा १८ जना उम्मेदवार छन् । जसमा १० स्वतन्त्र छन् ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।