५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाशको मृत्यु

५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाशको मृत्यु


काठमाण्डु– ‘मिस्टर काठमाडौं’को उपाधि विजेता प्रकाश राईको मृत्यु भएको छ ।

हृदयघातका कारण उनको मृत्यु भएको हो ।

राईले ५ दिनअघि मात्र ७५ केजी तौलमाथि समूहमा मिस्टर काठमाडौं उपाधि जितेका थिए ।

टिम म्यानेजरसहित होटलमा बस्दै आएका ४५ वर्षीय  राईलाई हृदयघात भएपछि ग्रन्डी अस्पताल लगिएको थियो ।

घटनापछि राईका आफन्त मोरङबाट काठमाडौं आइपुगेका छन् ।