गायक प्रकाश सपुतलाई कोरोना संक्रमण


काठमाण्डु – गायक प्रकाश सपुतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

गायक सपुतले आफ्नो फेसबुक पेजमार्फत काठमाण्डु मेडिकल कलेजमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ ।’

उनले पछिल्लो समय आफूसँग सम्पर्कमा रहेकाहरूलाई पिसिआर परीक्षण गराउन समेत अनुरोध गरेका छन् । उनी अहिले होम आइसोलेसनमा छन् । स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

‘म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ,’ सपुतले भने।

प्रतिक्रिया दिनुहोस
Advertisement