गायक प्रकाश सपूत फिल्म खेल्दै


काठमाडौं – चर्चित गायक प्रकाश सपूतले अब फिल्म खेल्ने भएका छन् । दोहोरी ब्याटल, बोल माया, गलबन्दी लगायत लोकप्रिय गीतबाट चर्चा कमाएका गायक सपूतलाई अब उनका फ्यानले नायकको रुपमा पनि देख्न पाउने भएका हुन् ।

नारायण रायमाझीको चलचित्र ‘परदेशी–२’मा उनी नायकको रुपवमा डेब्यु गर्ने तयारीमा छन् । उनको अपोजिटमा को रहने भन्ने निश्चित भैसकेको छैन । चलचित्र घोषणाको तयारी भैरहेको छ । अर्को साता चलचित्रकाे घोषणा हुने  श्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
Advertisement