काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक प्रकाशचन्द्र परियारले मुगुका युवा गणेश नेपालीको मृत्युप्रति दुःख व्यक्त गर्दै भूपी शेरचनको कविता स्मरण गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै परियारले नेपालीको आत्मदाहबाट आफू स्तब्ध रहेको बताए ।
‘यो सन्दर्भमा कवि भूपी शेरचनलाई सम्झन चाहन्छु । मरेर शहीद हुनेहरू हो, जिएर त हेर । जिउन झन गाह्रो छ ।’
प्रियारले उक्त घटना छानबिनका लागि उच्चस्तरीय उच्चस्तरीय छानबिन समिति गठनको माग गरे । यस्तै मृतक परिवारलाई क्षतिपुर्ति, राहत, परिपुरण र भरणपोषणमा उदार छाति देखाउन सरकारसँग माग गरे ।
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको थियो ।




प्रतिक्रिया