काठमाण्डु –उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मंगलादेवी सिंहले महिलाका हकअधिकारका आवाज उठाएको बताएका छन्।
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवीको २८ औं स्मृति दिवसमा सोमबार शोभा भगवती डल्लुमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले मंगलादेवीले नेपाली महिलाहरूको हक र अधिकारका विषयमा आवाज उठाएको बताए ।
‘नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह नै हो,’ उनले भने, ‘अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि हो ।’
महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघको स्थापना भएको थियो। महिलाले पढ्न पाउनुपर्छ भन्दै दिएको दबाबका कारण पद्मशमशेर राणा पद्मकन्या क्याम्पस खोल्न तयार रहेको पनि उनको भनाइ छ।
उपप्रधामन्त्री सिंहले सिंहको सालिकमा माल्यार्पण गरेका थिए । बिहान शोभा भगवतीमा रहेको मंगलादेवीको सालिकमा सिंहले माल्यार्पण गरेका हुन् ।
प्रतिक्रिया