काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । पार्टीले शुक्रबार सार्वजनिक गरेको आकांक्षीको सूचीमा सुदूरपश्चिम प्रदेशबाट सहप्रवक्ता प्रतिभा रावलको नाम समावेश गरिएको छ । रावल रास्वपाको केन्द्रीय सदस्यसमेत हुन् ।
पत्रकारिता पृष्ठभूमि भएकी रावल कञ्चनपुरकी स्थायी बासिन्दा हुन् । उनी रास्वपा सभापति रवि लामिछानेको सचिवालय प्रमुखको जिम्मेवारीमा रहँदै आएकी छन् । यसअघि लामिछाने उपप्रधानमन्त्री हुँदा उनी उनका स्वकीय सचिवका रूपमा कार्यरत थिइन् ।
रावल सभापति लामिछाने कठिन अवस्थामा पर्दा पनि निरन्तर साथ दिँदै आएकी नेतृका रूपमा चिनिन्छिन् । सभापतिको कानुनी लडाइँमा समेत उनले नै मुख्य भूमिका निर्वाह गरेको बताइन्छ।




प्रतिक्रिया