सुरु नै नभइ २ बजेलाई सर्‍यो प्रतिनिधिसभा बैठक

सुरु नै नभइ २ बजेलाई सर्‍यो प्रतिनिधिसभा बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सुरु नै नभइ सरेको छ । निर्धारित समयमा बैठक सुरु हुन नसकेपछि संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर २ बजे बस्ने जानकारी दिएका हुन् ।

‘बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ बजे बस्ने गरी निर्धारण गरिएको छ ।’ सूचनामा भनिएको छ ।