काठमाण्डु– आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । दिउँसो १ बजे सिंहदबारमा बस्ने तय भएको बैठक विशेष कारणले बैठक स्थगित गरिएको हो ।
बैठक १० गते बुधबार दिनको १ बजे बस्ने छ । भोलिको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्को प्रश्नमा जवाफ दिने कार्यसूची तय भएको छ । त्यसका लागी ११ सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन् ।
‘मंगलबार १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३ )बमोजिम सम्माननीय सभामुखले सभाको बैठक २०८३ भदौ १० गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको छ ।’ संघीय संसद् सचिवालयले सूचना टासेर जानकारी दिएको छ ।





प्रतिक्रिया