संसद्को चालु अधिवेशन अन्त्य

संसद्को चालु अधिवेशन अन्त्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेका हुन्।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले सरकारको सिफारिसमा संसद्अधिवेशन अन्त्य गरिएको जनाएका हुन्।

‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/६र१३ को सिफारिसमा संवत् २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।’विज्ञप्तिमा भनिएको छ ।