काठमाण्डु– संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ ।
आज १ बजे बस्ने गरि तय भएको बैठक प्रतिपक्षको विरोधका कारण जेठ २९ गते बिहिबार दिनको ३ बजे बस्ने गरि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन् ।
प्रतिपक्षको दलको सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्च स्तरिय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेका हुन् । उनीहरुले भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्रालयका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया