चलचित्र ‘साहो’ले पहिलो दिनमा कमायो १३० करोड भारु


एजेन्सी – साउथ फिल्मका स्टार प्रभास अभिनित एक्सन थ्रिलर फिल्म ‘साहो’ले रिलिजको पहिलो दिनमा विश्वव्यापीरूपमा १३० करोड भारूको कमाइ गरेको छ ।

हिन्दी, तमिल, तेलेगु तथा मलयालम गरी सात भाषामा १० हजार पर्दामा एकसाथ रिलिज भएको सिनेमा ‘साहो’ले पहिलो दिन यो कमाइ गरेको हो । सिनेमाले हिन्दी संस्करणमा २४.४० करोड भारू कमाइ गरेको छ ।

यो कमाइसँगै सिनेमामा हिन्दी भाषामा यस वर्ष सर्वाधिक पहिलो दिनको कमाइ गर्ने तेश्रो सिनेमा बनेको छ । सुजिथ निर्देशित सिनेमामा प्रभासका अलावा ज्याकी श्राफ, श्रद्धा कपुर, निल नितिन मुकेश आदिको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement