काण्डै काण्ड भएकाे देशमा चुप लागेर बस्न सकेनौं, हामी आयौं : पूर्वडीआईजी खरेल


काठमाडौं – नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’को घोषणा गरेका छन् ।

पूर्वडीआईजी खरेलले आज एक कार्यक्रमको आयोजना गर्दै भ्रष्टाचारविरोधी ‘हाम्रो नेपाल सुशासन अभियान’ नामक अभियानको औपचारिकरुपमा शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बोल्दै पूर्वडीआईजी खरेलले देशमा भ्रष्टाचारजन्य विकृति र विसंगति निरन्तर बढिरहेकाले आफूहरुले वाध्य भएर अभियान सञ्चालन गर्नुपरेको बताए ।

‘देशमा सुशासन भएको भए, जनताले राम्रो सेवा–सुविधा पाएको भए, हामी यसरी आउनुपर्ने नै थिएन,’ उनले भने, ‘यो काण्ड भन्यो त्यो काण्ड भन्यो..फेरि अर्को काण्ड । काण्डै काण्ड भएको देशमा अवकाशप्राप्त भएपनि हामी चुप लागेर बसिरहन सकेनौं । अब त अति भयो, हामी आयौँ ।’

जनतालाई न्याय र सुशासन दिन्छु भन्ने नेतृत्वले धोका दिएको भन्दै पूर्वडिआईजी खरेलले पारदर्शिता र इमान्दारिताका साथ आफूले अभियानलाई अघि बढाउने प्रतिवद्धता जनाए ।

अभियान सञ्चालनका लागि पाँच जनाको केन्द्रीय कार्यकारी परिषद निर्माण गरिएको छ । खरेलको संयोजकत्वमा रहेको परिषदमा देवेन्द्र प्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement