चलचित्र ‘मन्द-मन्द’ को छायाँकन अन्तिम चरणमा


-महेश सिंह महतो

सिरहा – प्रेम भूमिरीमा अधारित ‘मन्द-मन्द’ नेपाली चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । चलचित्रको सस्पेन्स कथाकी नायिका कसिस दहालले ‘सुटिँगको लागि कडा मेहनतका साथ अनुशासनलाई आत्मसात् गर्दै काम गरिरहेकी छन् ।’

‘यसले नेपाली चलचित्रमा नयाँ आयाम थप्ने सम्भावना बढेको छ ।’ नेपाली उद्योगमा ठूलो लगानीमा निर्माण भइरहेको यो चलचित्रले दर्शकलाई हँलसम्म तान्ने राेचक ढँगले कथा वस्तुलाई निर्देशक तथा प्राविधिकहरुले जीवन्तमा उतार्न कसिएका छन् । चलचित्र क्षेत्रका अनुभवी निर्देशक राजबहादुर सानेले विशेष महत्व दिएर सस्पेन्स कथाका चलचित्र ‘मन्द–मन्द’ निर्माणमा लागेका छन् ।

बैशाखको तेस्रो साताबाट सुटिँग शुरु भएको यस चलचित्रका मुख्य नायिका दहाल सस्पेन्स कथासँग हराइरहेकी िछन । निर्देशक सानेकै कथामा आधारित भएर बन्ने फिल्ममा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा सुटिँगमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भइरहेको सो चलचित्रको कार्यकारी निर्मातामा रुद्र खनाल छन् । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्मको छायांकन काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा भइरहेको छ भने दिब्यराज सुबेदीले फिल्म खिच्नेछन् । फिल्मका गीतको कोरियोग्राफर रामजी लामीछाने गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement