आइपिएलमा प्रीति जिन्टाको चटकः सेल्फी र गिफ्ट


काठमाडाैँ – बलिउडकी सुन्दरी नायिका प्रीति जिन्टा आइपिएललाई झुम्मिने बलिउडकी प्रमुख सेलिब्रेटी हुन् । आइपिएल २०१८ को आइतबार आफ्नो पहिलो खेलमा किङस इलेभन पन्जाबले दिल्ली डेयर डेभिल्सलाई ६ विकेटले पराजित ग¥यो ।  मोहालीमा खेलिएको उक्त खेलमा आफ्नो टिम पन्जाबलाई सपोर्ट गर्नका लागि टीमकी को—वनर प्रीति जिन्टा पनि खेल मैदानमै पुगेकी थिइन् ।

उनी खेलको पूरा समय आफ्नो टिमलाई सपोर्ट गरिरहेकी देखिन्थिन् । खेलमा टिमले जितेपछि उनी निकै खुशी देखिएकी थिइन् । खेलमा पन्जाबले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले कप्तान गौतम गम्भीरको ५५ रनको इनिङको सहयोगमा २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनायो ।

१६७ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा ओर्लिएको पन्जाबले लोकेश राहुलको आइपिएल इतिहासको फास्टेष्ट अर्धशतक (१४ बलमा ५१) रन मद्धतले १८.५ ओभरमा १६७ रन बनाएर खेल जित्यो । उनी १६ बलमा ५१ रन बनाएर आउट भए । उनीपछि करुण नायरले पनि अर्धशतक बनाए ।

खेलको दौरान प्रीति जिन्टा निकै उत्साहित देखिएकी थिइन् । उनले हर समय आफ्ना खेलाडीहरुलाई सपोर्ट गरिन् । खेलको दौरान उनले मैदानमा गएर फ्यानलाई गिफ्ट बा“डिन् ।

प्रीतिले दर्शकतिर आफ्नो टिमका केही जर्सी फ्याक्दै उपहार समेत दिइन् । टिसर्ट लिनका लागि फ्यान निकै उत्साहित देखिएका थिए । प्रीतिले फ्यानस“ग सेल्फी समेत खिचिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement