सांसद प्रेम सुवाललाई कोरोना संक्रमण, ट्राभल हिस्ट्री खोजिँदै


काठमाण्डु – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद सुवाललाई शनिबार संक्रमण पुष्टि भएको हो ।

एक जना कार्यकर्तामा कोरोना देखिएपछि सांसद सुवालको पनि पिसिआर परीक्षण गरिएको थियो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले भदौ १५ गते उनको स्वाव संकलन गरेको थियो ।

हाल उनी घरमै आइसोलेसनमा बसेका बसिरहेका छन् । स्वास्थ्य कार्यालय भक्तपुरले उनको कन्ट्याक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री लिने कार्य भइरहेको जनाएको छ । त्यस्तै उनको सम्पर्कमा आएका अन्य केही कार्यकर्ताकोे पनि स्वाव संकलन गरिने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement