काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
मंगलबार मन्त्रिपरिषद्को बैठकले अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले अध्यादेश जारी भएको पुष्टि गरे ।
सत्तारुढ दलभित्रै विरोध भइरहेका बेला सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेको हो । अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले चाहेमा दल फुटाउन सक्ने उल्लेख छ ।
प्रतिक्रिया