बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउने, यस्तो छ कार्यतालिका


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिद आगामी मंगलबार नेपाल आउने भएका छन् । हमिद तीन दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाल बसाईका क्रममा उनले राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, परराष्ट्रमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वंगलादेशका राष्ट्रपतिले पोखरा र काठमाडौं ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको पनि भ्रमण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement