काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार सभामुख अर्यालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संसदीय कामकारबाहीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।
राष्ट्रपति पौडेलको सचिवालयका अनुसार संसदमा भइरहेका गतिविधि, विधेयकहरूको अवस्था र सदनलाई प्रभावकारी बनाउने विषयमा समेत उनीहरूबीच छलफल भएको छ ।
राष्ट्रपति पौडेलले संसदीय अभ्यासलाई थप बलियो बनाउन र लोकतान्त्रिक मूल्य मान्यताको संवर्द्धनमा संसद्को भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । सचिवालयले भेटघाट नियमित भएको बताउँदै यस अवसरमा समसामयिक राजनीतिक विषयवस्तुमा समेत चर्चा भएको उल्लेख गरेको छ ।




प्रतिक्रिया