राष्ट्रपति भण्डारी चीन प्रस्थान


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणमा बुधबार चीन प्रस्थान गरेकी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणा र बेइजिङमा हुन लागेको दोस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनलको अपरेसन सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी चीनतर्फ प्रस्थान गरेकी हुन्।उनलाई बिदाई गर्न विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च पदस्थ व्यक्ति पुगेका थिए ।

राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्किने छिन् । भ्रमणका क्रममा उनी बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुने छिन् । साथै राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गणतन्त्र स्थापनापछि पहिलोपटक छिमेकी चीनले राष्ट्रपतिलाई बेइजिङमा स्वागत गर्ने तयारी गरेको छ। अघिल्ला राष्ट्रपति डा रामवरण यादव दुई पटक चीन भ्रमणमा गए पनि बेइजिङको आतिथ्य पाएका थिएनन्। अप्रिल २६ र २७ मा हुने बीआरआईमा बेइजिङ पुग्ने पाहुनामध्ये सबैभन्दा लामो चीन बसाइ राष्ट्रपति भण्डारीको हुनेछ। राष्ट्रपति भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्ने्छिन्।

बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। राष्ट्रपति भण्डारी आफ्ना चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछिन् । उनी अन्तर्रा्ष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुने छिन् भने त्यहाँ रहेको नेपाली मण्डपको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement