सेनाका अवकाशप्राप्त जर्नेलहरुसँग छलफल गर्दै राष्ट्रपति भण्डारी


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका अवकाशप्राप्त जर्नेलहरुसँग छलफल गर्ने भएकी छन् ।

उनले बुधबार राष्ट्रपति भवन शितलनिवासमा सेनाका अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेलहरुलाई छलफलका लागि बोलाएकी हुन् ।

गत आइतबार संसद्बाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक सन्देशसहित फिर्ता पठाएपछि उनी विवादमा तानिएकी छन् ।

विधेयक फिर्ता पठाएपछि उनको पक्ष र विपक्षमा मत व्यक्त भइरहेका छन् । विशेषगरी सत्तारूढ गठबन्धनमा रहेका वा निकट व्यक्तिहरूले राष्ट्रपतिको कदमको आलोचना गरिरहेका छन् भने प्रतिपक्षी दल निकटस्थहरूले उक्त कदमलाई उचित भनिरहेका छन् ।

साथै राष्ट्रपतिको उक्त कदमपछि संविधानले दिएको अधिकार प्रयोग गरेको भन्दै राष्ट्रपतिको पक्षमा जनस्तरबाटै समर्थन भएको छ ।

यसै सन्दर्भमा उनले सेनाका उच्च अधिकारीहरुसँग छलफल गर्न लागेकी हुन् । संविधानले उनलाई एक पटकका लागि त्यसरी विधेयक फिर्ता पठाउने अधिकार दिएको छ।

तर उक्त विधेयक पुन गठबन्धन सरकारले प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement