राष्ट्रपति भण्डारीद्वारा राष्ट्रकवि घिमिरेलाई जन्मदिनको शुभकामना


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आईतबार बिहान पुगेर जन्मदिनको शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन् । विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement