राष्ट्रपति भण्डारीको स्वागतमा सान्सीमा नेपालको झण्डा


सियान – राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।

राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा हिजो सान्सी प्रान्तको केन्द्र सियान आइपुगेकी थिइन् । यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ ।

त्यसो त सन् १९५३ मा स्थापना हुँदा यो होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृहको रुपमा रहेको थियो । फ्रान्सेली कम्पनी सोफिटेल लिजेन्डसँग व्यापारिक साझेदारीमा परिणत यस होटेलको नाम हाल सोफिटेल लिजेन्ड पिपल्स ग्रान्ड होटेल रहेको छ ।

सियान सान्सी प्रान्तको केन्द्र हो भने यसको जनसङ्ख्या करिब एक करोड भएको अनुमानगरिएको छ । सान्सी प्राप्तको जनसङ्ख्या तीन करोड ८० लाख भएको अनुमान गरिएको एक अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement