राष्ट्रपति भण्डारीको सपथ विवाद : सर्वोच्चले माग्यो कागजात


काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको सपथ अवैधानिक भएकाे भन्दै परेको रिटमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीसम्वन्धी कागजात मगाएको छ ।

न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गरेको सिफारिस र उमेर सम्वन्धमा न्याय परिषद्ले गरेको निर्णय झिकाउन आदेश दिएको हो ।

अवकास पाइसकेका तत्कालीन प्रधानन्यायाधीश पराजुलीले गराएको सपथ अवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले पराजुलीले दिएको राजीनामाका सम्वन्धमा भएको कारबाही एवं पत्रचारबारे राष्ट्रपति कार्यालयबाट जवाफ मगाउन पनि भनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement