राष्ट्रपति चयनका लागि मतदान सुरू


काठमाण्डु –  राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ। बिहीबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान सुरू भएको हो। मतदान दिउँसो ३ बजेसम्म चल्‍नेछ।

सङ्घीय संसद् अन्तरगतका प्रतिनिधिसभा र राष्ट्रिय सभासदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । आजै मतपरिणाम सार्वजनिक हुनेछ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवाचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement