राष्ट्रपति भण्डारी अमेरिका भ्रमणमा जाने


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक अमेरिका भ्रमणमा जाने भएकी छन् ।कमिशन अन द स्टाटस अफ वुमेनको ६३ औं सेसनमा भाग लिन राष्ट्रपति भण्डारी आगामी फागुन २६ गते अमेरिकाको न्युर्योक जाने भएकी हुन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारी अमेरिका भ्रमणमा जान लागेको जानकारी दिएका हुन् । सो भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी हुने तय भएको छ ।

सो सेसनलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । मार्च ११ देखि २२ सम्म न्युयोर्कमा सो कार्यक्रम आयोजना गरिएको छ ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जेनेभा भ्रमणका क्रममा संयुक्त राष्ट्र संघले नेपालको संक्रमणकालीन न्याय निरुपणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए ।

उनले संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयुक्त मिचेल बेचेलेटले आफूसँगको भेटमा नेपालको संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement