चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदित


एजेन्सी – चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको “मूल स्थिति” लाई समर्थनसहित पारित गरेको छ । जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उनी तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ।

सबै पार्टी सदस्यहरू पार्टी केन्द्रीय समिति र समग्र पार्टीपङ्क्तिले पार्टी महासचिव सी चिनफिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् । योसँगै उनी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदैछन् ।

यस्तै, महाधिवेशनले दोस्रो वरीयताका प्रधानमन्त्री ली र जनकांग्रेसका अध्यक्षसमेत रहेका तेस्रो वरीयताका चान्सुलाई पनि बिदा गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। महाधिवेशनले पाँच वर्षअघि सीले ल्याएको विचारधारालाई अझै सशक्त बनाउने प्रस्तावसमेत पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement