प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित


काठमाण्डु – माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् । चितवनमा शनिबार र आइतबार भएको प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनमा अध्यक्षका अर्का दाबेदार गोविन्द रोका (सचिन) पछि हटेपछि सापकोटा अध्यक्षमा चयन भएका हुन् ।

सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वप्रेस सल्लाहकार हुन् । राष्ट्रिय महाधिवेशनले अध्यक्ष र पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो ।

अध्यक्ष निर्वाचित भएपनि उपाध्यक्ष लगायतका पदाधिकारीहरु भने टुंगो लागेको छैन । बाँकी पदाधिकारी सोही १८४ जनाको समितिले चयन गर्ने छ ।महाधिवेशनले ८ मनोनितसहित १९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नुपर्ने थियो । तर, १८४ केन्द्रीय सदस्यको नाम मात्रै घोषणा भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement