काठमाण्डु – प्रधानमन्त्री बालेन शाहको सचिवालयले २५ जना कर्मचारी तथा सल्लाहकारहरूको विवरण सार्वजनिक गरेको छ।
प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकारदेखि स्वकीय सचिवालयका विभिन्न पदमा २५ जना नियुक्त रहेको विवरण सार्वजनिक गरेको हो ।
प्रधानमन्त्रीको कार्यालयका अनुसार तीनजनालाई मन्त्रीसरह र दुईजनालाई राज्यमन्त्रीसरहको सेवासुविधा पाउने गरी नियुक्त गरिएको छ।
अवैतानिक मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र प्राडा जगदिश प्रसाद अग्रवाललाई मन्त्रीसरहको सेवासुविधा दिइएको छ।
यस्तै नीति,प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले राज्यमन्त्रीसरहको सेवासुविधा पाएका छन् भने प्रमुख स्वकीय सचिव सुवाष शर्माले राजपत्रांकित विशिष्ट श्रेणीसरहको सेवासुविधा पाएका छन्।
यसैगरी स्वकीय सचिव नवीन भण्डारी, स्वकीय सहसचिव (विकास परियोजना),संजीव पाण्डे, स्वकीय सहसचिव (प्रेस तथा अनुसन्धान विज्ञ) दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी र विज्ञ (सामाजिक विकास) विश्व राईलाई राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)सरहको सेवासुविधा दिइएको छ।
त्यस्तै, पाँचजनाले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव)सरहको सेवासुविधा पाएका छन्। यस्तो सुविधाा पाउनेहरूमा स्वकीय उपसचिव प्रकृति ढकाल, स्वकीय उपसचिव विशाल अधिकारी, सहायक विज्ञ (नागरिक उड्डयन) सुमन गौतम,सहायक विज्ञ (भाषा तथा मस्यौदा) रवि किरण अधिकारी र स्वकीय उपसचिव विनय शाक्य छनर ।
स्वकीय शाखा अधिकृत (प्रेस सहजकर्ता) सुरेन्द्र बजगाई, स्वकीय शाखा अधिकृत (ग्राफिक्स डिजाइन) रोशन तामाङ, स्वकीय शाखा अधिकृत बेदानन्द जोशी र अनुसन्धान अधिकृत हेम नारायणदास चौधरीलाई राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत०सरहको सेवासुविधा दिइएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पाँचजनालाई राजपत्र अनंकित प्रथम श्रेणीसरहको सेवासुविधा दिइएको छ। प्रशासन सहायक अनुप थापा मगर, प्रशासन सहायक ऋषी थापा, कम्प्युटर सहायक (भिडियो ग्राफर) अमृत पाण्डे, प्रशासन सहायक राजकुमार गौतम र प्रशासन सहायक बेनिस कार्कीले राजपत्र अनंकित प्रथम श्रेणीसरहको सेवासुविधा पाएका छन्।




प्रतिक्रिया