‘आइजिपी’ नियुक्तिका लागि प्रधानमन्त्री र गृहमन्त्री छलफल गर्दै


काठमाडाैँ- नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्तिका लागि आजै मन्त्रिपरिषदको दोस्रो बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विहानको बैठकमा आईजीपी नियुक्तिबारे छलफल नै नभएको स्रोतले जनाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल अघि बढाएका छन्। छलफलका लागि ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गृहमन्त्री रामबहादुर थापालाई बोलाएका छन्।

दुवै प्रहरी संगठनका आइजिपी नियुक्तिको प्रस्ताव औपचारिक रुपमा आएन र छलफल नै भएन । प्रधानमन्त्री र गृहमन्त्रीबीच अलग्गै छलफल भएको होला । तर, नियुक्तिको लागि सम्भवतः आजै अर्को बैठक बस्न सक्छ, हामीहरुलाई तयारी हालतमा रहनु भनिएको छ ।’ एक मन्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement