काठमाण्डु – चीनको शान्सि प्रान्तमा भएको विनाशकारी खानी विस्फोटको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सन्देश जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको हो।
कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, ‘चीनको शान्सिमा भएको दुःखद खानी दुर्घटनाबाट गहिरो दुःख लाग्यो, जसले गर्दा धेरैको ज्यान गयो। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै बेपत्ताको सकुशल उद्धारका लागि प्रार्थना गर्दछु। यो अप्ठ्यारो घडीमा नेपाल चीनसँग ऐक्यबद्ध छ।’
उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा शुक्रबार भएको ग्यास विस्फोटमा परी २४७ कामदार फसेका थिए।
शनिबार रातिसम्म ८२ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता र १२८ जना घाइते भएका छन्।




प्रतिक्रिया