फिनल्याण्डका प्रधानमन्त्री र मन्त्री भन्दै नेपाली युवतीको फोटो भाइरल भएपछि…


काठमाडौं – फिनल्याण्डका प्रधानमन्त्री र मन्त्री भन्दै नेपाली युवतीको फोटो भाइरल भएको छ । सामाजिक प्रयोगकर्ताहरुले फिनल्याण्डका ३४ वर्षीया प्रधानमन्त्री सान्ना मरिन र मन्त्री भन्दै नेपाली युवतीको फोटो भाइरल भएको हो ।

उनी संसारकै कम उमेरकी बहालवाला प्रधानमन्त्री हुन् । मरिनको नेतृत्वको सरकार पाँच दलको गठबन्धनमा बनेको छ जसमा सबै दलका महिला प्रतिनिधि छन् । यसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरकै छन् ।

यो खबरसँगै फिनल्यान्डकी प्रधानमन्त्री मरिन र अन्य दलका महिलाहरूको तस्बिर सामाजिक सञ्जालमा घुम्न थाले । सामाजिक सञ्जालको होड न हो, झुटा तस्बिर फैलिहाल्छन् ।

यही समस्या भारतमा भइरहेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स, इन्डिया टुडे लगायतका अनुसार भारतीय सामाजिक सञ्जालमा अहिले फिनल्यान्डबारे गलत तस्बिर फैलिरहेको छ ।

फिनल्यान्डका चार कम उमेरका महिला मन्त्री भनेर एक फोटो भाइरल भइरहेको जसमा चार जना सुन्दर युवती उभिएका छन् । कतिपय पेजमा उनीहरूको नाम र पद पनि दाबी गर्दै पोस्ट गरिएको छ ।

एउटा पोस्टमा भनिएको छ, ’फिनल्यान्डको नयाँ सरकार हेर्नुस् । दायाँबाट शिक्षामन्त्री ली एन्डरसन (३२), अर्थमन्त्री कात्री कुलुमानी (३२),प्रधानमन्त्री सान्ना मरिन(३४)र आन्तरिक मामिलामन्त्री मारिया ओहिसालो (३४), यी फिनिस महिलाहरू ३५ वर्ष पनि पुगेका छैनन् ।’

तर यो तस्बिरमा देखिएका महिलाहरू फिनल्यान्डका होइनन् । उनीहरू नेपाली युवती हुन् । उनीहरू नेपाली हुन्, टिकटकमा चर्चित जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाका साथमा दीपा र दमन्ता श्रेष्ठ ।

यी जुम्ल्याहा जोडीको फोटो नै अहिले भारतीय सामाजिक सञ्जालमा फिनल्यान्डका मन्त्रीहरू भनेर भाइरल भइरहेको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

सामाजिक सञ्जालमा चलिरहेको अफवाहबारे हिन्दुस्तान टाइम्सले जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement