नेपालका प्रिन्स दाहाल एसियाकै उत्कृष्ट खेलाडीः ब्याडमिन्टन एसिया


काठमाण्डु – नेपालका ब्याडमिन्टन खेलाडी युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएका छन् ।
ब्याडमिन्टन एसियाले प्रिन्सको लेख लेख्दै अहिलेको अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको बताएको छ ।

हरेक हप्ता एसियाली क्षेत्रका उत्कृष्ट खेलाडीको आर्टिकल सार्वजनिक गर्ने गरेको ब्याडमिन्टन एसियाले यो साता नेपालका प्रिन्सको आलेख सार्वजनिक गरेको हो । जुनियर लेभलमा प्रिन्स विश्व वरियतामा शीर्ष सातौं स्थानमा रहेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा प्रिन्सले गएको सेप्टेम्बरमा दुवई जुनियर इन्टरनेसनलमा प्रथम भएका थिए । यस्तै उनले नेपालमा र विदेशमा गरि दर्जनौं प्रतियोगितामा पदक जितिसकेका छन् । दार्चुलाको खलंगामा जन्मिएका उनले विभिन्न उमेर समुहमा आफुलाई अब्बल सावित गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement