प्रिन्स दुवईं जुनियर इन्टरनेसनल सिरिजको प्रि–क्वाटरफाइनलमा


काठमाडौं–नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

दुवईंमा बिहीबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले युएईंका प्रनव प्रविनलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका हुन्।

प्रिन्स शुरुवात देखि नै प्रनवमाथि हावी बनेको थियो । पहिलो सेटमा २१–२ को सहज जित निकालेको प्रिन्सले दोस्रो सेटमा २१–८ को सहज जित निकाल्न सफल भयो। उनले पहिलो चरणमा वाई पाएको थियो।

सिरिजमा सहभागिता जनाउने उनी एक्ला नेपाली खेलाडी हुन् । उनले खेल तालिकामा पहिलो सिड प्राप्त गरेका थिए । बुधबारबाट शुरु भएको सिरिज आइतबारसम्म चल्नेछ।

सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।

गत आइतबार मात्रै तेस्रो संस्करणको जेस्ट ब्याडमिन्टनमा यु–१५ पुरुषतर्फ च्याम्पियन बनेको प्रिन्सले शुक्रबार युएईंकै धनवान्थ राहभानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement