राजकुमार ह्यारीलाई महारानीको साथ


लण्डन – बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले आफ्ना नाति राजकुमार ह्यारीको फैसलाप्रति समर्थन जनाएकी छन् ।

राजकुमार ह्यारीले शाही परिवारको भूमिकाबाट अलग भएर आफ्नी पत्नी मेघनसँग स्वतन्त्र रुपमा क्यानडा र बेलायतमा रहने भनि गरेको घोषणाप्रति उनले समर्थन जनाएकी हुन् । यो विषयमा निर्णय गर्नका लागि बेलायती महारानीले सोमबार परिवारका सदस्यहरुको बैठक बोलाएकी थिइन् ।

तर उनीहरु शाही परिवारको पूर्णकालिन सदस्यको रुपमा रहिरहने विषय राम्रो भएको उनले बताइन् । उनले आगामी दिनमा यस बारेमा अन्तिम फैसला लिइने बताएकी छन् । गत बुधबार अचानक आएको एक वक्तव्यमा राजकुमार ह्यारीले शाही परिवारबाट अलग भएर स्वतन्त्र रुपमा रहने जनाएका थिए । उनको वक्तव्य इन्स्ट्राग्राममा पनि पोष्ट गरिएको छ ।

उक्त बक्तव्यमा ह्यारीले भनेका थिए, “हामी शाही परिवारको वरिष्ठ सदस्यबाट हट्न चाहन्छौं र आफ्नो आर्थिक रुपमा स्वतन्त्र हुनका लागि काम गर्न चाहन्छौं । महारानीलाई हाम्रो साथ भने जारी रहनेछ ।”

वक्तव्यमा उनले थप्दै भनेका थिए, “यो भौगोलिक सन्तुलनले हामीलाई आफ्नो छोरालाई हुर्काउन मदत मिल्नेछ । हामी जीवनको नयाँ अध्यायमा केन्द्रीत हुन सक्नेछौं र आफ्नो परोपकारी संस्थालाई अघि बढाउन सक्नेछौं ।”

प्रतिक्रिया दिनुहोस
Advertisement