व्यवस्थापनसँगको मिलेमतोमा कर्मचारीको रजाइँ, आौद्योगिक क्षेत्रमा कर्मचारी विवाद


 काठमाडौं – राजनीतिक आड लिने र व्यवस्थापनसँगको मिलेमतोमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कर्मचारी संघको नेतृत्व गर्दै आएकी प्रमोदा राई विवादमा तानिएकी छन्। २०५४ सालदेखि निरन्तर संघको नेतृत्वमा रहेकी राई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको व्यवस्थापनलाई कर्मचारी संघ तथा राजनीतिक आडमा दबाब दिँदै आफू अनुकूलको लाभ लिन सफल हुँदै आएकी छन्।

राईले कर्मचारी संघका तर्फबाट लिमिटेड सञ्चालक समितिमा निरन्तर प्रतिनिधित्व गरेको, कार्यालयमा हाजिर नगरी तलब तथा विभिन्न सेवा सुविधा लिने गरेको कार्यालयको अनुमति नलिइ कार्यालयको सवारी चालक लिएर औद्योगिक क्षेत्र अनुगमन तथा कर्मचारी संगठन विस्तारमा जाने गरेको जानकारी औद्योगिक क्षेत्र व्यवस्थापनले दिएको छ।

राईलाई व्यवस्थापनले पटकपटक सचेत गराउँदा पनि व्यक्तिगत लाभमा केन्द्रित हुन थालेकाले २०५९ सालमै राजकुमार मण्डलको संयोजकत्वमा ६ सदस्यीय एक छानबिन टोली समेत गठन भएको थियो। समिति प्रतिवदेनले दिएको सुझाव कार्यान्वयन नहुँदा र राईको औद्योगिक क्षेत्रप्रतिका अराजक गतिविधि बढ्दै गएपछि फेरि छानबिनको दायरामा परेकी छन्।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले संस्था सुधारको अभियान सुरु गरेकाले राईसहितका केही कर्मचारी फेरि छानबिनको दायरामा परेको जानकारी दिए। २०३९ सालमा धरान औद्योगिक क्षेत्रको कार्यालय सहायक चौथो तहबाट सेवा सुरु गरेकी राई हाल केन्द्रीय कार्यालय बालाजुमा छैटौं तहमा कार्यरत छन्।

राईले २०६९ चैतमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कर्मचारी संगठनको नेतृत्व गरेको समयमा पनि संघकै हैसियतमा अबैध तबरले बोर्डमा प्रतिनिधित्व गरेको उल्लेख छ। लिमिटेडको बोर्डमा आमन्त्रित सदस्यका रूपमा ट्रेड युनियनको प्रतिनिधित्व गर्न सकिने प्रावधानलाई उद्योग मन्त्रालयबाट निर्णय गराएरै संघको प्रतिधिनिधित्व गराइएको छ। यसलाई राईले अवैधानिक तवरले प्रयोग गरेर बोर्डको ३७२ देखि ३९३ औं बैठकसम्म प्रतिनिधित्व गरेको उल्लेख छ। उनले बोर्डबाट बुझेको एक लाख २७ हजार ११५ रुपैयाँको भत्तामा उनको प्रतिनिधित्व नै अवैध भएको भन्दै प्रश्न उठेको छ।

राईले व्यवस्थापनलाई दबाब दिएर श्रद्धा रेकडिङ स्टुडियोलाई औद्योगिक क्षेत्रभित्र जग्गा उपलब्ध गराउन बाध्य पारेको आरोप पनि लागेको छ। प्रमोदा गायक शम्भू राईकी श्रीमती हुन्। उनकै संग्लग्नतामा श्रद्धा रेकडिङको भवन निर्माण गरेपछि त्यो स्थान सुमी प्लास्टिकलाई बेचेको उल्लेख छ। सगुन नुडल्स मसला उद्योगमा नक्कली व्यक्ति (लाक्पा डोमा शेर्पा)लाई खडा गरेर जग्गा भाडामा लिएको र त्यसलाई बिक्री गर्न प्रत्यक्ष संग्लन रहेको आरोप राईलाई लागेको छ। भवन बनाउन नमिल्ने विद्युत् ग्रिडमा जोडिएको स्थानसम्म धनकुटे बिस्कुटलाई उपलब्ध गराउन प्रत्यक्ष संग्लन रहेको आरोप पनि छ।

राईले औद्योगिक क्षेत्रलाई प्रत्यक्षअप्रत्क्ष रूपमा संग्लन रहेर आर्थिक तथा संस्थात क्षति पुर्‍याएको, अवैधानिक प्रतिनिधि भएर बोर्डमा बसेको तथा नक्कली प्रमाणपत्र पेस गरेकासहतिका आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन भइरहेको छ। ‘संस्था सुधारका लागि अराजक गतिविधि गर्ने र संस्थाको हित विपरीत गर्नेलार्इ आवश्यक छानविन कारवाही गर्ने अभियान चालिएको औद्योगिक क्षेत्र व्यवस्थान लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक बस्नेतले बताएका छन्। उनले भने, ‘कर्मचारी संघको नाममा काम नगर्ने, संस्थालाई क्षति पुग्ने गरी कम गर्ने, व्यक्तिगत लाभ लिन उद्यत् भएको र कर्मचारीले आफ्नो मर्यादा विपरीतका गतिविधि गरकाले छानबिन थालिएको हो।’

राईले भने कार्यालयको नियमअनुसार नै आफ्नो जिम्मेवारी पूरा गरेको बताइन्। उनले अन्नपूर्णसँग भनिन्, ‘व्यवस्थापनले के कस्तो छानबिन गर्‍यो भन्ने जानकारी मलाई दिएको छैन।’ औद्योगिक क्षेत्रमा बसेर कुनै पनि व्यवस्थापनसँग मिलेर वा आफ्नो लाभको निम्ति कुनै काम नगरेको र व्यवस्थापनले लगाएजस्तो अराजक गतिविधि गरेर संस्थालाई घाटा पुग्ने काम नगरेको दाबी पनि राईले गरेकी छन्।

लिमिटेडबाट २०७२ भदौसम्म निमित्त महाप्रबन्धक चलाएका राजेन्द्र थापाले राईका हरेक गतिविधि ढाकछोप गरेको र उनकै मिलेमतोमा औद्योगिक क्षेत्रभित्र जग्गा भाडामा लिने र बिक्री गर्ने गरेको पाइएको छ। थापाले भने आफूले कुनै कर्मचारीलाई सहयोग नगरेको दाबी गरे। उनले तत्कालीन समयमा भएको काम र उडेको फाइलको विषयमा अहिले आफूलाई जानकारी नभएको तर्क पनि दिए। इन्प्mो

२०३९ सालमा धरान औद्योगिक क्षेत्रको कार्यालय सहायक चौथो तहबाट सेवा सुरु गरेकी राई हाल केन्द्रीय कार्यालय बालाजुमा छैटौं तहमा कार्यरत रहेकाे खबर अाजकाे अन्नपूर्णपाेस्ट्मा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement