केआईआईटीले विज्ञप्ति निकाल्दै भन्यो-प्रिसाले आत्महत्या गरेकी हुन्

केआईआईटीले विज्ञप्ति निकाल्दै भन्यो-प्रिसाले आत्महत्या गरेकी हुन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतको ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टीच्युट अफ इण्ड्रिष्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली छात्रा प्रिसा साहले आत्महत्या गरेको बताएको छ ।

विज्ञप्तिमा बी।टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत प्रिसाले आत्महत्या गरेको उल्लेख छ ।

घटना थाहा पाउनासाथ कलेज प्रशासनले प्रहरीलाई खबर गरेको र त्यसपछि छात्रालाई किम्स अस्पताल लगिएको चिकित्सकले मृत घोषित गरेको विज्ञप्तिमा उल्लेख छ ।

कलेजले विद्यार्थीको परिवारलाई घटनाबारे जानकारी गराइएको भन्दै प्रहरीको अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताउँदै दुःखको घडीमा कलेज विद्यार्थीको परिवार तथा नेपाली विद्यार्थीसँग साथमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

वीरगन्ज घर भएकी १८ वर्षीया साह बिहीबार साँझ कलेजको होस्टलमा झुण्डिएर आत्महत्या गरेको अवस्था मृत भेटिएकी थिइन् । अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन ।

केआईआईटीमा पछिल्लो तीन महिनामा दोस्रो नेपाली विद्यार्थीको मृत्यु भएको हो । यसअघि बुटवलकी प्रकृति लम्साल सो क्याम्पसको होस्टलमा मृत भेटिएकी थिइन् ।