भारतको विदेश मन्त्रालयले भन्यो-प्रिसा मृत्यु प्रकरणको निष्पक्ष जाँच हुन्छ

भारतको विदेश मन्त्रालयले भन्यो-प्रिसा मृत्यु प्रकरणको निष्पक्ष जाँच हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको विदेश मन्त्रालयले उडिसाको राजधानी भुवनेश्वरस्थित भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनर नेपाली छात्रा प्रिसा साहको मृत्यु भएको दुःख व्यक्त गरेको ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी नेपाली विद्यार्थीको मृत्युबाट दुःखी भएको र यस कठिन समयमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको जनाएको छ ।

मन्त्रालयले घटनाको विषयमा उडिसा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेका र राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गर्ने जनाएको छ । घटनाको उडिसा प्रहरीले गहन अनुसन्धान गरिरहेको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘घटनाको निष्पक्ष जाँचका लागि भारतमा रहेका नेपाली अधिकारी, उडिशा राज्य सरकार र सबै पक्षसँग सम्पर्कमा छौं’, विज्ञप्तिमा भनिएको छ ।

भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई गम्भीरताका साथ लिदैँ आएको पनि जनाएको छ ।