गभर्नर नियुक्तिमा सरकारको दाबी : चलखेल भएको छैन, अब चाँडो गर्छाैं

गभर्नर नियुक्तिमा सरकारको दाबी : चलखेल भएको छैन, अब चाँडो गर्छाैं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइबारे सरकारले कुनै चलखेल नभएको दाबी गरेको छ ।

बुधबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति चाँडै हुने दाबी गरे ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नर नियुक्तिको विषय चासो हुनु स्वाभाविक भएको बताए । उनले भने, ‘गभर्नर नियुक्ति ढिलो भएकै छ । चाँडोभन्दा चाँडो गर्दैछौं । कुनै चलखेल भएको छैन । एउटै पार्टीको सरकार होइन, मिलिजुली सरकार हो । सरकारमा कांग्रेस र एमाले मात्रै होइन, अरु पार्टीहरू पनि छन् । यो विषयमा सबैको चासो हुन्छ, त्यसलाई मिलाउनुपर्नेछ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गभर्नर नियुक्ति गर्ने विषयमा सहमति भइसकेको उनले जानकारी दिए ।