मर्मतका लागि पृथ्वी राजमार्गको परेवाभिर खण्ड आज पनि १२ घण्टा बन्द रहने

मर्मतका लागि पृथ्वी राजमार्गको परेवाभिर खण्ड आज पनि १२ घण्टा बन्द रहने


काठमाण्डु –पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा मर्मतका लागि आइतबार पनि बन्द रहनेछ ।

सडकखण्ड मर्मतका लागि त्यस सडक खण्डमा शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो ।

रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीले सडक क्षति गरेपछि मर्मतका लागि पृथ्वी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो।

मर्मत अवधिभर एम्बुलेन्स र शववाहनबाहेक सबै सवारीसाधनको सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ ।

मर्मत अवधिभर अत्यावश्यक सवारीसाधन (एम्बुलेन्स र शववाहन) बाहेक अन्य सम्पूर्ण सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको कार्यालयले जनाएको छ ।

बाढीका कारण धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्ण भिरमा पूर्ण रूपमा सडक अवरुद्ध भएको छ भने बेनिघाट–१० जवाङखोला र थाक्रे–२ को कमेरेभिरमा एकतर्फी सडक सञ्चालनमा रहेको छ।

एकतर्फी सडकमा मात्र सवारी सञ्चालन हुँदै आएको गजुरी–२ परेवाभिरमा शनिबार आवागमन पूर्ण रूपमा बन्द गरी सडक मर्मत गरिने भएको हो।