मर्मतका लागि पृथ्वी राजमार्गको परेवाभिर खण्ड आज पनि १२ घण्टा बन्द रहने

मर्मतका लागि पृथ्वी राजमार्गको परेवाभिर खण्ड आज पनि १२ घण्टा बन्द रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा मर्मतका लागि आइतबार पनि बन्द रहनेछ ।

सडकखण्ड मर्मतका लागि त्यस सडक खण्डमा शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो ।

रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीले सडक क्षति गरेपछि मर्मतका लागि पृथ्वी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो।

मर्मत अवधिभर एम्बुलेन्स र शववाहनबाहेक सबै सवारीसाधनको सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ ।

मर्मत अवधिभर अत्यावश्यक सवारीसाधन (एम्बुलेन्स र शववाहन) बाहेक अन्य सम्पूर्ण सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको कार्यालयले जनाएको छ ।

बाढीका कारण धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्ण भिरमा पूर्ण रूपमा सडक अवरुद्ध भएको छ भने बेनिघाट–१० जवाङखोला र थाक्रे–२ को कमेरेभिरमा एकतर्फी सडक सञ्चालनमा रहेको छ।

एकतर्फी सडकमा मात्र सवारी सञ्चालन हुँदै आएको गजुरी–२ परेवाभिरमा शनिबार आवागमन पूर्ण रूपमा बन्द गरी सडक मर्मत गरिने भएको हो।