मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलार्इ विश्वासको मत (भिडियाे सहित)


पोखरा – प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिएका छन् । प्रदेश सभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत पाएका हुन् । ६० प्रदेश सांसद रहेको प्रदेशसभाबाट ४१ मत मुख्यमन्त्रीको पक्षमा परेको छ ।

मुख्यमन्त्री गुरुङको विपक्षमा नेपाली कांग्रेस र नयाँ शक्ति नेपालले मतदान गरे । उनको विपक्षमा १९ मत परेको छ । गुरुङले विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री विरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने संवैधानिक व्यवस्था रहेको छ ।

६० सदस्य रहेको प्रदेश ४ मा एमालेका २७ माओवादीका १२ र कांग्रेसका ११, जनमोर्चाका ३ र नयाँ शत्तिका २ सदस्य रहेका छन् ।माओवादीका प्रदेश सांसद नेत्रनाथ अधिकारी सभामुख भएपछि उनले मतदान गरेका थिएनन् । प्रदेशसभाको बैठक केहीबेरमा पुनः बस्दैछ ।

भिडियाे

प्रतिक्रिया दिनुहोस
Advertisement