भाषणभन्दा कार्यान्वयनमा जोड देऊ’ : निजी क्षेत्र


निजी क्षेत्रले प्रधानमन्त्रीका आश्वासनले मात्र लगानी नबढ्ने भन्दै भाषणमा गरिएका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । लामो समयपछि देशले बहुमतप्राप्त सरकार पाएको छ भने कार्यकारी प्रमुख पनि निजी क्षेत्रमैत्री नै पाएको छ । तर, प्रधानमन्त्रीले कार्यकाल सम्हालेको २ महिन बितिसक्दा पनि प्रतिबद्धता कार्यान्वयनको अवस्था भने निराशाजनक छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरकै दिनदेखि निजी क्षेत्रलाई साथमै राखेर आर्थिक समृद्धिको पथमा अगाडि बढ्ने बताउँदै आएका छन् । शनिबार राराबाट देशवासीका नाउँमा सम्बोधन गर्दै उनले सोही प्रतिबद्धता दोहोराए । निजी क्षेत्रले खुलेर प्रधानमन्त्रीको आलोचना गर्न नचाहे पनि ‘भाषणभन्दा कार्यान्वयनमा जोड दिन’ आग्रह गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले प्रधानमन्त्रीले निजी क्षेत्रलाई प्राथमिकता दिनु सुखद् पक्ष भए पनि नतिजा देखिनका लागि नीतिगत सुधार आवश्यक रहेको बताइन् । भएका ऐन कानुनको कार्यान्वयनसँगै परिमार्जन र लगानी बढाउने आधारहरू तय गर्न पनि उनले सरकारसँग आग्रह गरिन् । “नेपालमा लगानी गर्न धेरै विदेशीहरू इच्छुक छन् तर त्यसका लागि तत्काल एक्सनमा जानुपर्छ,” उनले भनिन्, “यदि सरकारले कार्यान्वयन पक्षमा ध्यान दिने हो भने लगानीका लागि अहिले निकै उचित समय हो ।”

महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकाले पनि प्रधानमन्त्रीको भाषणमा निजी क्षेत्रलाई प्राथमिकता दिइए पनि कर्मचारीतन्त्रको मानसिकताका कारण कार्यान्वयनमा समस्या रहेको बताए । “ओपन मार्केट इकोनोमी भनिएको छ तर व्यवहारमा अझै लागू भएको छैन,” उनी भन्छन्, “जबसम्म स्वदेशी लगानीकर्ता खुलेर लगानी गर्न आउँदैनन् तबसम्म विदेशी लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा हुन्छन् त्यसलै पहिले स्वदेशी लगानी बढाउनु आवश्यक छ ।”

नेपाल उद्योग परिसंघ अध्यक्ष हरिभक्त शर्मा अहिलेको सरकारलाई काम गर्नका लागि अभुतपूर्व अवसर भएको भन्दै यसको उचित प्रयोगमा ध्यान दिनुपर्ने बताउँछन् । अाजकाे काराेवार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement