आयुष्मानको ओठमा दिनहुँ चुम्बन गर्नु सबैभन्दा प्रिय काम : प्रियंका कार्की


काठमाडौं – नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीको ओठमा दिनहुँ चुम्बन गर्नु सबैभन्दा प्रिय काम भएको बताएकी छन् । आफूलाई सबैभन्दा बढी मनपर्ने ६ प्रिय कामको सूची तयार पार्दै उनले उक्त कुरा बताएकी हुन् ।

मंगलबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा आयुष्मानसँगको तस्बिर पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘मलाई यी कुरा गर्न सबैभन्दा धेरै मनपर्छ । ’ १. तिम्रो हात समात्नु, तिम्रो जोक्समा हाँस्नु, तिमी सँगसँगै हिँड्नु, सोफामा आरामले सँगै सुत्नु, तिम्रो आँखामा हेर्नु र तिम्रो ओठमा दैनिक चुम्बन गर्नु ।’
उनको यो पोष्टमा प्रेमी आयुष्मानले पनि प्रतिक्रिया दिएका छन् । उनले कमेन्ट बक्समा लेखेका छन्, ‘वाह ! आइ लभ यु’

प्रतिक्रिया दिनुहोस
Advertisement