प्रियंकाले दिइन् आयुष्मानलाई धोका !


काठमाडौं – केहि समयअघि आयुष्मान जोशी र प्रियका कार्कीले इन्गेजमेन्ट गर्दै प्रियंकाले औंठी लगाइन् । रियल लाइफमा आयुष्मानको औठी लगाएकी अभिनेत्री प्रियंका कार्कीले रिल लाइफमा भने आयुष्मानलाई धोका दिएकी छन् ।

गायक मोहन राईको बुधबार रिलिज भएको गीत ‘मायाको खेल, आँशुको भेल’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको विछोड भएको देखाइएको छ  ।

दिपेन्दनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको यो नेपाली आधुनिक गीतमा युवाहरूबीचको प्रेमपीडा प्रस्तुत गरिएको छ, जसमा निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मानबीचको प्रेमकथा बुनेका छन् ।

गीतको भावअनुसार नै नृत्यभन्दा कथा हाबी गराएको गायक राईले जानकारी दिएका छन । राईको एल्बम ‘मायाको खेल’ मा भने आठ वटा गीत समावेश गरिएका छन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राष्ट्रिय भावको गीत ‘हिमालको पाखाभरी’ देखि व्याकुल माइला, दिनेश थपलिया, नवराज सिलवाल, राजा घले, मनु लोहारुङ राई, मुकेश राईसम्मका गीत छन् । संगीत शिखर सन्तोष, दिनेश सुब्बा, राजनराज शिवाकोटी र कृष्णभक्त राईले दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement